Logo

हिमालयन बैंकले गत बर्ष कमायो २ अर्ब ५४ करोड, खुद नाफा ८ प्रतिशतले घट्यो

हिमालयन बैंकले गत बर्ष कमायो २ अर्ब ५४ करोड, खुद नाफा ८ प्रतिशतले घट्यो



काठमाडौं । हिमालयन बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा ८ प्रतिशतले घटेको छ । बैंकले अघिल्लो आवमा २ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक बर्ष भने जम्मा २ अर्ब ५४ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । जुन अघिल्लो आवको तुलनामा २२ करोडले कम हो ।

गत आवमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३० करोड रुपैयाँ छ। यो नाफा पनि अघिल्लो आवको तुलनामा ३५ प्रतिशतले घटेको हो।

बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा घटेपछि खुद नाफामा कमी आएको हो । बैंकको इम्पेरिमेन्ट चार्ज समेत बढेको छ । यसअवधिमा बैंकले खराब कर्जा भने सामान्य घटाउन सफल भएको छ ।

असार मसान्तसम्ममा १ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप साढे १४ तथा कर्जा साढे ९ प्रतिशतले बढेको हो। गत आवको अन्त्यसम्ममा बैंकले ४ अर्ब ७५ करोड खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा साढे ५ प्रतिशत कम हो ।

बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा गिरावट आएकोे छ। ९ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ १३ पैसा छ। यो गत आवको सोही अवधिको तुलनामा ५ रुपैयाँ ३१ पैसा कम हो। बैंकको जगेडा कोषमा ६ अर्ब ६६ करोड रुपैयाँ र सेयरधनी कोषमा २ अर्ब ५ करोड रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर नेटवर्थ १ सय ८७ रुपैयाँ २० पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १९ दशमलव ९१ गुणा छ। बैंकको निष्क्रिय कर्जा १ दशमलव ०१ प्रतिशत रहेको छ ।

बैंकको पूँजीकोष अनुपात १४।६७ प्रतिशत र कोषको लागत ६ दशमलव १८ प्रतिशत रहेको छ। असार मसान्तसम्ममा बैंकको आधारदर ८प दशमलव ३८ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ६८ दशमलव ८५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL