Logo

एनआईसी एशिया बैंकका क्रेडिट कार्डबाट शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री खरिद गर्न सक्ने

एनआईसी एशिया बैंकका क्रेडिट कार्डबाट शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री खरिद गर्न सक्ने



काठमाडौँ । एनआईसी एशिया बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याजदरमै विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिने योजना ल्याएको छ ।

यस योजना मार्फत ग्राहकहरूले उक्त इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा खरिद रकम बैंकलाई भुक्तानी गर्न सक्ने छ।

यस बैंकले सिजी डिजिटल प्रालि, एल जी लाइफ स्टाइल शोपी प्रालि, इभोलुसन ट्रेडिङ प्रालि (इभो), नियोटेरिक नेपाल प्रालि, इको इन्फिनिटी प्रालि, त्रिवेणी व्यापार कम्पनी प्रालि लगायत १६ वटा मर्चेन्टहरूसँग विभिन्न सामग्रीहरू क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याजदरमै उपलब्ध गराउने गरी समझदारी गरेको छ ।

जसअनुसार यस बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य ब्याजदरमै टिभी, फ्रिज, वासिंङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, आइम्याक, आइप्याड लगायतका सामग्रीहरू खरिद गर्न सक्नेछ ।

यस योजनाबाट ग्राहकहरूले आफ्नो क्रेडिट कार्डको सिमाभित्र रहने गरी न्यूनतम तिस हजार देखि अधिकतम पाच लाख सम्मका उपभोग्य इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सक्नेछ ।

समय अनुरुप ग्राहकमैत्री योजनामार्फत सेवा प्रदान गरिरहेको यस योजनाबाट ग्राहकहरूलाई उत्कृष्ट लाभ प्राप्त हुने बैंकले विश्वास लिएको छ ।

यस बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकसँग समझदारी भएका उक्त १६ वटा मर्चेन्टहरूमार्फत आफुलाई चाहिएको उल्लेखित इलेक्ट्रोनिक सामग्री शून्य ब्याजदरमै खरिद गर्न सक्नेछ ।

बैंकका ग्राहकहरूले न्यूनतम ३ महिनादेखि अधिकतम १२ महिनासम्मको समयावधीमा लागत मूल्य बैंकलाई किस्ताबन्दीमा तिर्नेगरी शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्डमार्फत सामग्री खरिद गरी भरपुर फाइदा उठाउन सक्ने छन्।
यसका लागि क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकसँग समझदारी भएको मर्चेन्टबाट आफुलाई चाहिने सामग्रीको कोटेसन लिए पश्चात् शून्य प्रतिशत फाइनान्सिङ सम्बन्धी निवेदन बैंकलाई बुझाउनुपर्नेछ ।

उक्त निवेदनको आधारमा बैंकले आवश्यक प्रक्रिया पूरा गरी ग्राहकहरुले सामग्री बिक्री गर्नको निम्ति मर्चेन्टलाई डेलीभरी अर्डर दिनेछ । डेलीभरी अर्डर प्राप्त गरेपछि मर्चेन्टले उक्त क्रेडिट कार्ड प्रयोगकर्तालाई सामग्री हस्तान्तरण गर्नेछ र त्यसैअनुसार ग्राहकहरूले मासिक किस्ता रकम बैंकलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

यसका साथै बैंकको मोबाइल बैंकिङ्ग वा बैंकको कार्ड (डेबिट-क्रेडिट_ हरू मार्फत भुक्तानी गर्दा ग्राहक महानुभावहरूले देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस बैंकले ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL