Logo

सिटिजन्स बैंकको खुद नाफा २३.७२ प्रतिशतले घट्यो, वितरण योग्य नाफा पनि घट्यो

सिटिजन्स बैंकको खुद नाफा २३.७२ प्रतिशतले घट्यो, वितरण योग्य नाफा पनि घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले असार मसान्तसम्म १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा २३.७२ प्रतिशतले थोरै हो ।

अघिल्लो वर्ष यस बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने ७.१८ प्रतिशतले बढ्दा सञ्चालन नाफा ३०.७३ प्रतिशतले घटेको छ । सिटिजन्सको वितरण योग्य नाफा ८२ करोड ४० लाख रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको भन्दा २६.३९ प्रतिशत ले थोरै हो ।

बैंकले निक्षेप संकलन र कर्जा प्रवाहतर्फ भने क्रमशः २५.५३ प्रतिशत र २५.८४ प्रतिशतले बढाउन सफल भएको छ । असारसम्म यसको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ छ ।

चौथो त्रैमाससम्म आइपुग्दा सिटिजन्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५१ पैसाले घटेर १२ रुपैयाँ २८ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ०७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL