Logo

दशै अघि २ हजार र १ सयका सिक्का बजारमा आउँदै, ५ हजार र २० हजार थान छापिने

दशै अघि २ हजार र १ सयका सिक्का बजारमा आउँदै, ५ हजार र २० हजार थान छापिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले संविधान जारी भएको ऐतिहासिक अवसरमा २ हजार र १ सय रुपैयाँको सिक्का निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार विज्ञप्ती जारी गरेरै उक्त सिक्का निश्काशन गर्ने विक्री गर्ने जनाएको छ ।

दशै अघि नै उक्त मुद्रा बजारमा ल्याइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । ‘सिक्क छाप्नका लागि राष्ट्र बैंकको बोर्ड बैंठकले निणर्य गरेर टक्सार विभागलाई जिम्मा दिइसकेको छ,’ उनले भने, ‘केही समय भित्रै छपाइ प्रक्रिया शुरु हुने छ ।’

उनका अनुसार पहिलो चरणमा २ हजार रुपैयाँ अंकित सिक्क ५ हजार थान छापिने छ । उक्त सिक्काहरु चाँदीमा छापिनेछन् । त्यसैगरी, १ सय रुपैयाँ अंकित सिक्काहरु २० हजार थान छापिने छन् । १ सय रुपैयाँ अंकित सिक्का भने क्यूप्रोनिकेल धातुमा छापिने छ ।

बजारको माग अनुसार थप सिक्काहरु प्रकाशित गरिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL