Logo

सिद्धार्थ बैंकद्वारा सरकारको कोरोना कोषलाई २ करोड ६७ लाख सहयोग

सिद्धार्थ बैंकद्वारा सरकारको कोरोना कोषलाई २ करोड ६७ लाख सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई २ करोड ६७ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले बुधबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ सरकारको कोरोना कोषलाई हस्तान्तरण गरेको हो ।

अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताए । उनले प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने जानकारी दिए ।

यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी ७६ लाख २४ हजार ६ सय २० रुपैयाँ सहयोग गरिसकेको छ । यसरी कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म कुल ३ करोड ४३ लाख ५२ हजार ५ सय ४९ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL