Logo

एनआईसी एशिया बैंक सिप्रदी ट्रेडिङको फाइनान्सिङ पार्टनर, बैंकका ग्राहकलाई टाटाका गाडी खरिदमा चामत्कारिक सुविधा

एनआईसी एशिया बैंक सिप्रदी ट्रेडिङको फाइनान्सिङ पार्टनर, बैंकका ग्राहकलाई टाटाका गाडी खरिदमा चामत्कारिक सुविधा



काठमाडौं । एनआईसी एशिया बैंक सिप्रदी ट्रेडिङको पनि फाइनान्सिङ पार्टनर बनेको छ । सीजी मोटोकर्पको फाइनान्सिङ पार्टनर बनेको एनआईसी एशियाले टाटाको नेपालका लागि आधिकारिक विक्रेतासँग पनि सहकार्य गरेको हो ।

समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरे । बैंकले सिप्रदीका उपभोक्तालाई सवारी कर्जामा थप सहज प्रदान गर्ने पनि भएको छ । समझदारीपत्र अनुसार बैंकको सुपर चमत्कारिक सवारी कर्जामार्फत् सिप्रदी ट्रेडिङले बिक्री गर्ने टाटाका कार खरिद गर्न सकिन्छ ।

जसअनुसार ग्राहकले ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्नु पर्दैन । बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८ दशमलव २५ प्रतिशत ब्याजदर तथा ०।२५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा पाइन्छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहने ग्राहकले लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL