Logo

कोरोनामा पनि नेपाल बैंकले कमायो २ अर्ब ५५ करोड, खराब कर्जा घट्दा यस्ता छन् अन्य परिसुचक

कोरोनामा पनि नेपाल बैंकले कमायो २ अर्ब ५५ करोड, खराब कर्जा घट्दा यस्ता छन् अन्य परिसुचक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोरोनाका कारण उद्योग व्यवसाय तथा अर्थतन्त्रमा असर परिरहँदा नेपाल बैंकले भने आफुलाई स्थिर राख्न सफल भएको छ । बैंकको आज प्रकाशित आर्थिक बर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार २ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा गर्दै आफ्नो आम्दानीलाई स्थिर राखेको हो ।
बैंकले आर्थिक बर्ष २०७५/७६ मा कुल २ अर्ब ५९ करोड रुपैयाँ खुद आम्दानी गरेको थियो ।

विश्वव्यापी रुपमा परेको कोरोनाको असरका कारण बैंकको नाफामा ४ करोड रुपैयाँले मात्र गिरावट आएको छ । बैंकले आफ्नो संचालन खर्च घटाउँदा कोरोनाको असरमा पनि नाफालाई स्थिर राख्न सफल भएको हो ।

बैंकले गत बर्षको अन्तिम त्रैमास र यो बर्षको अन्तिम त्रैमासको तुलना गर्दा आफ्ना नाफामा उच्च वृद्धि गरेको छ । बैंकले गत आबको अन्मित त्रैमासमा २८ करोड १३ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो भने कोरोनाले असर पुर्याएको यस त्रैमासमा आफ्नो नाफालाई वृद्धि गर्दै ४८ करोड ३६ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

कोरोनाका कारण बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्ने आँकलन भैरहेको अवस्थामा नेपाल बैंकले भने खराब कर्जाको अनुपात घटाएको छ । बैंकको आर्थिक बर्ष २०७५/७६ मा कुल कर्जा प्रबाहको २ दशमलव ६४ प्रतिशत खराब कर्जा आर्थिक बर्ष २०७६/७७ मा आईपुग्दा घटाउँदै २ दशमलव ५९ प्रतिशतमा झारेको छ ।

सो अबधिमा बैंकको ब्याज आम्दानीमा पनि सामान्य गिरावट आएको छ । कोरोनाका कारण पुस देखि असारसम्मको ब्याज असुली गर्न नसक्दा उक्त आम्दानीमा गिरावट आएको बैंकले जानकारी दिएको छ । यसैगरी बैंकले आफ्नो स्प्रेड दरलाई पनि उच्च घटाउँदै ३ दशमलव ७० प्रतिशतमा झारेको छ । कोरोनो कारण कर्जा प्रबाह हुन नसक्दा बैंकको सीसीडी पनि ६५ दशमलव ७८ प्रतिशतमा झरेर बसेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २६७ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL