Logo

सेञ्चुरी कमर्सियल बैँकको थ्रीडी सेक्युर सेवा, सबै कारोबार सुरक्षीत

सेञ्चुरी कमर्सियल बैँकको थ्रीडी सेक्युर सेवा, सबै कारोबार सुरक्षीत



काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले भारतको आईजीलियन्ट टेक्नोलोजीसँगको सम्झौतामा थ्रीडी सेक्युर सेवा प्रारम्भ गरेको छ । आफ्ना ग्राहकहरुको लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैँकले सुरक्षाका सबै मापदण्ड पुरा गर्नेगरी उक्त सेवाको प्रारम्भ गरेको हो ।

उक्त सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरmबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलैे र सुरक्षित रूपमा सामान खरिद गर्न सकिनेछ ।

थ्रीडी सेक्युर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वन टाईम पासवर्ड (ओटीपी) आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । उक्त् सेवामा कार्ड र ओटीपी दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुने बैंकको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL