Logo

सिटिजन्स बैंकका नयाँ शाखा मुगुको गमगढीमा, शाखा संख्या ११० पुग्यो

सिटिजन्स बैंकका नयाँ शाखा मुगुको गमगढीमा, शाखा संख्या ११० पुग्यो



काठमाडौं । सिटिजन्स बैंकले आफ्ना नयाँ शाखा कार्यालय मुगुको गमगढीमा संचालनमा ल्याएको छ । बैंकले सोमबार आफ्नो १ सय १० औंक शाखा गमगढीमा संचालनमा ल्याएको छ ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी मुगु जिल्लाको गमगढी शाखा संचालनमा ल्याएको बैंकले जनाएको हो ।

नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले उत्त शाखा विस्तार गरेको हो ।

यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL