Logo

प्रभु बैंकको दुई अर्बको ऋणपत्र आजबाट बिक्री खुल्ला, बार्षिक १० प्रतिसत व्याजदर

प्रभु बैंकको दुई अर्बको ऋणपत्र आजबाट बिक्री खुल्ला, बार्षिक १० प्रतिसत व्याजदर



काठमाडौं । प्रभु बैंकको दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्रको आजबाट बिक्री खुल्ला भएको छ । बैंकका अनुसार साउन १९ गते अर्थात आजबाट एक हजार रुपैयाँ अंकित मुल्य कायम रहेको २० लाख युनिट ऋणपत्रको बिक्री खुल्ला भएको हो ।

परिपक्व हुने अवधि आठ बर्ष तोकिएको बार्षिक १० प्रतिसत व्याजदरको प्रभु बैंक डिवेञ्चर २०८४ को खरिदको लागि सर्वसाधारणहरुले न्युनतम १० कित्ता देखि अधिकतम तनि लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन ।

बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तोकिएको ऋणपत्रको बिक्री अवधि छिटोमा यही साउन २३ गते र ढिलोमा भदौ एक गते बन्द हुने छ ।

संस्थापकहरुको ५१ प्रतिसत र सर्वसाधारणको ४९ प्रतिसत सेयर स्वामित्व रहेको बैंकको हाल चुक्ता पुंजी १० अर्ब ३१ करोड ५५ लाख छ हजार छ सय २५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL