Logo

कामना सेवा बैंक र अल पसल पब्लिकबीच सम्झौता, सहुलियतपुर्ण कर्जा उपलब्ध गराईने

कामना सेवा बैंक र अल पसल पब्लिकबीच सम्झौता, सहुलियतपुर्ण कर्जा उपलब्ध गराईने



काठमाडौं । कामना सेवा विकास बैंक र अल पसल पब्लिक लिमिटेडबीच सम्झौता भएको छ । आईतबार आर्थिक अभिमुखीकरण तथा स्वरोजगारमूलक व्यवसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आय आर्जन वृद्धिका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसलको तर्फबाट अध्यक्ष झविन्द्र पन्थीले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यस सम्झौता अन्तर्गत बैंकले नेपाल राष्ट्र बैकद्वारा तोकिएको मापदण्डको अधीनमा रहि अल पसल पब्लिकमा आबद्ध व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरी उनीहरुको आर्थिक तथा समाजिक विकासमा टेवा पु¥याउने प्रमुख लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
MBL