Logo

नबिल बैंकले सुरु गर्यो ‘स्क्यान एन्ड विथड्र’ सेवा, चेकबिनै १ लाखसम्म नगद झिक्न सकिने

नबिल बैंकले सुरु गर्यो ‘स्क्यान एन्ड विथड्र’ सेवा, चेकबिनै १ लाखसम्म नगद झिक्न सकिने



काठमाडौं । ग्राहकलाई नयाँ पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘स्क्यान एन्ड विथड्र’ सुविधाको सुरुवात गरेको छ । मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड विथड्रमार्फत ग्राहकले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाखसम्मको रकम झिक्न सक्नेछन् ।

हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराइएको बैंकले जनाएको छ । यो सेवा सेवालाई क्रमशः देशभरिका शाखाहरुमा उपलब्ध गराउने पनि बैंकले जनाएको छ ।

नयाँ सेवाको सुरुआतको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘अब नबिल बैंकका ग्राहक महानुभावले चेक÷एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–इन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नुहुनेछ ।’

ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ । स्क्यान एन्ड विथड्रमार्पmत ग्राहकले सहज र छिटो सेवा प्राप्त गर्ने पनि बैंकले अपेक्षा गरेको छ । निजी क्षेत्रको अग्रणी बैंक नबिलका देशभरी ११८ शाखा र १७८ एटिएम काउण्टरहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL