Logo

गर्भनर भन्छन्, पुँजी बृद्धि कुनै हालतमा फिर्ता हुँदैन, सशक्त बनाउन पुँजी बृद्धि आवश्यक

गर्भनर भन्छन्, पुँजी बृद्धि कुनै हालतमा फिर्ता हुँदैन, सशक्त बनाउन पुँजी बृद्धि आवश्यक


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

३० भदौं, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बृद्धि कुनै पनि हालतमा फिर्ता नलिने भएको छ । चुक्ता पुँजी बृद्धिको जस्तोसुकै दवाव आएपनि पछि नहट्ने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । ‘मर्जरबाट पुँजी बृद्धि गर्दा बैंकहरु झन कमजोर भए,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिलाई स्वागतगर्दै उनले भने, ‘बैंक तथा वित्तीय संस्थालाई स्तोरन्नती गरेर सशक्त रुपमा अघि बढाउनकै लागि पुँजी बृद्धि गरिएको हो ।’ साथै, पुँजी बृद्धिको समय समेत नथपिने उनको भनाइ थियो ।

बैंक संचालक तथा सभासद्हरुले लविङ गर्दैमा राष्ट्र बैंक आफ्नो नीतिबाट पछि नहट्ने समेत उनले स्पष्ट पारे । ‘कसले कोसँग के लविङ गरे केन्द्रिय बैंकले चासो राख्दैन,’ उनले भने, ‘मौद्रिक नीतिमा भएको व्यवस्था अनुसार कुनै पनि हालतमा पुँजी बृद्धि गरिने छ ।’ नेपालको भन्दा कम जनसंख्या भएका सार्कका अन्य देशका बैंकको चुक्ता पुँजी नेपालको भन्दा बढी भएको जानकारी दिँदै नेपाली बैंकको क्षमता बृद्धिका लागि पनि पुँजी बृद्धि आवश्यक भएको बताए ।

संख्यात्कम रुपमा धेरै तथा पुँजीगत रुपमा कमजोर हुँदा समस्याग्रस्त हुने वित्तीय संस्थाको संख्या बढेको बताउँदै आगामी दिनमा पुँजी बृद्धि गरेर कम र बलियो बनाउनु पर्ने समेत उनको भनाइ थियो । हाल नेपालमा मेगा प्रोजेक्ट निर्माणका लागि विदेशी बैंकसँग हात थाप्न जानु परेको बताउँदै आगामी दिनमा त्यस्ता आयोजना निर्माणका लागि नेपाली बैंकलाई नै समक्ष बनाइने समेत उनले जानकारी दिए । ‘ठूला आयोजनामा लगानी गर्न पुँजी पनि ठूलै हुनु पर्छ,’ उनले भने, ‘जसको लागि पुँजी बृद्धिको कुनै विकल्प छैन ।’

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको ८ अर्ब, विकास बैंकको २ अर्ब ५० करोड, ४ देखि १० जिल्ला स्तरका विकास बैंकको १ अर्ब २० करोड, १ देखि ३ जिल्ला स्तरको विकास बैंकको ५० करोड, राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुको ८० करोड र १ देखि ३ जिल्ला कार्यकक्षे भएका वित्त कम्पनीहरुको चुक्ता पुँजी ४० करोड र्पुयाउनु पर्ने व्यवस्था गरेको छ

प्रतिक्रिया दिनुहोस्