Logo

मणिराम पोखरेल प्रभु बैंकको डेपुटी सीईओमा नियुक्त, बैंकिङ क्षेत्रमा तीन दशकको अनुभव

मणिराम पोखरेल प्रभु बैंकको डेपुटी सीईओमा नियुक्त, बैंकिङ क्षेत्रमा तीन दशकको अनुभव



काठमाडौं । प्रभु बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेललाई नियुक्त गरेको छ ।

पोखरेललाई बैंक सञ्चालक समितिले साउन १ गतेदेखी लागू हुनेगरी डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । पोखरेलको बैंकिङ क्षेत्रमा तीन दशक अनुभव छ ।

समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएपछि पोखरेलले प्रभु बैंकमा दोस्रो पोजिसनमा कार्य गर्दै आइरहेका थिए ।

सन् १९९० मा सहायक स्तरबाट नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका पोखरेलसँग नेपाल एसविआई बैंक, एनसीसी बैंक, हिमचुली विकास बैंकमा समेत काम गरेका अनुभव छ।

पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ्गमा स्नाकोत्तर उपाधि हासिल गरेका छन् भने भौतिक विज्ञानमा स्नातक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL