Logo

दृष्टिविहीनहरुका लागि कामना सेवाको स्वाभिमान बचत खाता सञ्चालनमा, यस्ता छन् सुविधा

दृष्टिविहीनहरुका लागि कामना सेवाको स्वाभिमान बचत खाता सञ्चालनमा, यस्ता छन् सुविधा



काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको छ । ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के के विषयहरु उल्लेख भएको छ भन्ने बारेमा ग्राहक आफैले पढ्न सक्ने गरी ब्रेल लिपिको व्यवस्था समेत गरिएको छ ।

उक्त खाता शुन्य मौज्दातमा खोली उच्चतम् प्रतिफल प्राप्त गर्नुका साथै बैंकबाट प्रदान गरिने अन्य विशेष सुविधाहरु समेत लिन सकिनेछ । हाललाई ज्ञानेश्वर स्थित मुख्य शाखा कार्यालयबाट अडियोको सहायता लिएर एटिएम सुविधा लिन सक्ने व्यवस्था समेत गरिएको छ ।

बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले उक्त खाताको शुभारम्भ गरेका हुन । यस्तै प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले खाताको जानकारी तथा बैंकको अवधारणा बारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL