Logo

माछापुच्छ्रे बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री स्वेता खड्का नियुक्त

माछापुच्छ्रे बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री स्वेता खड्का नियुक्त



काठमाडौं । माछापुच्छ्रे बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री एवं समाजसेवी स्वेता खड्का नियुक्त भएकी छन् । बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याउनका लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको जानकार दिएको छ ।

बैंकको कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले सझौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुच पुग्ने बिश्वास बैंकले लिएको छ ।

नायिका खड्काले २० बर्ष लामो इतिहास बोकेको बैंकसँग ब्रान्ड एम्बासडरको रुपमा आवद्ध हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL