Logo

एनआईसी एशिया बैंकको नयाँ योजना, अनलाईनबाटै भौचर भर्न मिल्ने

एनआईसी एशिया बैंकको नयाँ योजना, अनलाईनबाटै भौचर भर्न मिल्ने



काठमाडौं एनआईसी एशिया बैंकले अनलाईनमार्फत खातामा पैसा डिपोजिट गर्न सकिने सेवा सार्वजनिक गरेको छ । बैंकले समयअनुरुप परिष्टिकृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै देशको बैंकिङ इतिहासमै पहिलो पटक घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको एनआईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणालीको शुभारम्भ गरेको हो ।

यसका लागि ग्राहकहरुले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत बैंकको धधध।ष्कभचखभ।लष्अबकष्बदबलप।अयm लिंकमा गई नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्नेछन् । उक्त लिंक भित्र पुगेपश्चात् सेवाग्राहीहरुले भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिनेछ र उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएमार्फत डिपोजिट कोड पठाईने छ ।

उक्त कोड पठाईसकेपछि डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै नगद भौचर सोझै नगद काउण्टरमार्फत आफुले नगद जम्मा गर्न चाहेको खातामा नगद जम्मा गर्न सक्नेछन् ।

यसरी नगद जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि नगद बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा नगद रकम जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ । बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिनको निमित्त सहयोग हुनेछ भने काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।

नगद जम्मा गर्ने सेवाको अलावा बैंकले मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोधलगायत गर्दैछ ।
बैंकले हाल मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL