Logo

एनआईसी एशियाको कर्जा योजना, आकर्षक ब्याजदरमा घर, गाडी कर्जा लिन सकिने

एनआईसी एशियाको कर्जा योजना, आकर्षक ब्याजदरमा घर, गाडी कर्जा लिन सकिने



काठमाडौं । एनआइसी एशिया बैंकले घर, गाडी र साना उद्यमीलाई लक्षित गर्दै आकर्षक ब्याजदरसहितको कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले लकडाउन खुकुलो भएपछि समस्यामा परेका साना उद्यमीलाई सहजीकरणका लागि आकर्षक ब्याजसहितको योजना ल्याएको हो।

८ दशमलव २५ प्रतिशत ब्याजदरको सुपर चमत्कारिक घर कर्जा योजना समेत बैंकले सार्वजनिक गरेको छ । उक्त ब्याजदर एक वर्षसम्म परिवर्तन नहुने बैंकले जनाएको छ। बैंकका अनुसार यसमा ० दशमलव २५ प्रतिशत प्रशासनिक शुल्क भने लाग्नेछ।

घर तथा अपार्टमेन्ट खरीद, घर निर्माण र घर निर्माणका लागि आवश्यक जग्गा खरीदका लागि पनि ऋण दिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार पाँच वर्षदेखि अधिकतम ३० वर्ष (मोराटोरियम पिरियड पाँच वर्षसम्म गरि) कर्जाको समयावधि कायम गरिएको छ । बैंकले अधिकतम डेढ करोड ऋण दिने समेत उल्लेख गरेको छ ।

उक्त योजना अन्तर्गत अधिकतम ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने बैंकले जनाएको छ। घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकका अनुसार ग्राहकले आफ्नो आर्थिक क्षमता अनुसार तिर्नसक्ने इएमआइ वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्नेछन् । उक्त योजना अन्तर्गत घर कर्जा उपभोग गरिरहेका ग्राहकले सवारी कर्जा समेत उपभोग गर्न सक्नेछन्। बैंकका अनुसार अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेका ग्राहकले आफ्नो कर्जा स्वाप गर्न पाउनेछन्। बैंकले निजी सवारी साधनका लागि पनि आकर्षक योजना ल्याएको छ।

सुपर चमत्कारिक सवारी कर्जा अनुसार अधिकतम दुई करोडसम्म कर्जा लिन पाइने बैंकले जनाएको छ। सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्ष र सवारी तथा जग्गा धितो राखेमा अधिकतम १५ वर्षको अवधि तोकिएको छ। साना तथा मझौंला उद्यमीलाई लक्षित गर्दै व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्ने कर्जा योजना ल्याएको छ।

बैंकका अनुसार यस्तो कर्जा सीमा अधिकतम एक करोडसम्म निर्धारण गरिएको छ। बैंकले कागजात प्राप्त भएको ४८ घण्टामै यी तीन वटा क्षेत्रमा कर्जा दिने जिकिर गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL