Logo

बैंक अफ काठमाडौंका ग्राहकलाई बीमा दावी भुक्तानी

बैंक अफ काठमाडौंका ग्राहकलाई बीमा दावी भुक्तानी



काठमाडौं । बैंक अफ काठमाडौंले बीमा दावी भुक्तानी गरेको छ । बैंकको विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्र्तगतको विभिन्न सुबिधाहरु मध्ये दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको सात लाख रुपैयाँको बीमा दाबी रकम हालै खाताबाहकको परिवारलाई हस्तान्तरण गरेकोे हो ।

उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी निधन भएकोले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडसंगको समन्वयमा दावी भुक्तानी गरिएको हो । प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीले उक्त बीमा दाबी रकम स्व. चौधरीकी श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरेका हुन ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL