Logo

सिद्धार्थ र एकता विकास बैक मर्जरमा जान सम्झौता, चुक्ता पुँजी साढे ८४ करोड पुग्ने

सिद्धार्थ र एकता विकास बैक मर्जरमा जान सम्झौता, चुक्ता पुँजी साढे ८४ करोड पुग्ने


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

२१ भदौं, काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड र एकताविकास बैंक लिमिटेडबीच मर्जरमा जाने भएका छन् । यी दुइ र्बैकहरु एक आपसमागाभिने सम्बन्धी संझौतापत्रमा आज हस्ताक्षर भएको छ ।

उक्त संझौतापत्रमा सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट मर्जर समितिका संयोजक तथा संचालक रामबहादुर भण्डारी र एकता विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष डा. ध्रुब प्रसाद ढकालले हस्ताक्षर गरे ।

२०७२ आषाढ मसान्तको अपरिष्कृत वित्तीयविवरण अनुसार दुवै बैंकको मर्जर पश्चात बन्ने डेभलपमेण्ट बैंकको चुक्ता पुँजी कुल ८४ करोड ५० लाख र जगेड कोषमा २ करोड ५७ लाख रुपैपाँ हुने छ । जसमा सिद्धार्थको ६४ करोड ५० लाख र एकताको २० करोड रुपैयाँ चुक्ता पुँजी हुने छ । त्यसैगरी जगेडा कोषमा सिद्धार्थको २ करोड रुपैयाँ र एकताको ५७ लाख रुपैयाँ हुनेछ ।

यसैगरी शाखा संख्या दुवैको गरी २८ वटा हुने छ । हाल सिद्धार्थ बैंकको कुल निक्षेप ६ अर्व ९८ करोड रुपैयाँ रहेको छ भने एकता विकास बैंकको २ अर्व २८ करोड रुपैयाँ रहेको छ । यसैगरी सिद्धार्थको कर्जा लगानी ५ अर्व ७० करोड रुपैयाँ छ भने एकताको १ अर्व ८३ करोड रुपैयाँ रहेको छ । गत आवमा सिदार्थ विकास वैकले १६ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यसैगरी एकताले ४ करोड ७६ लाख रुपैयाँ खुद मुनामा आर्जन गरेको थियो । सिदार्थ विकास बैंक केन्द्रिय स्तरको विकास बैंक हो भने एकता क्षेत्रिय स्तरको विकास बैंक हो ।

प्रतिक्रिया दिनुहोस्
MBL