Logo

एनआईसी एशिया बैकको कर्जा नविकरणमा आकर्षक योजना, असार भित्रै व्याज तिरेमा छुट अफर

एनआईसी एशिया बैकको कर्जा नविकरणमा आकर्षक योजना, असार भित्रै व्याज तिरेमा छुट अफर



काठमाडौं । एनआईसी एशियाले आफ्ना ऋणीहरुको किस्ता र ब्याज रकम असार मसान्तभित्रमा तिरेमा व्याजदर घटाउने बताएको छ । कोरोना भाईरसले नकारात्मक असरमा परेका ऋणीहरुलाई सहजता प्रदान गर्न बैंकले असार महिनाका लागि समेत ब्याज तथा नवीकरण शुल्क सम्बधमा आकर्षक योजना ल्याएको हो । सहर्ष जानकारी गराउछौं ।

बैंकले ल्याएको उक्त योजनामा नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको २ प्रतिशत ब्याज छुटको अलावा ऋणीहरुले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ असार मसान्तसम्म चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९ दशमलव ९९ प्रतिशत कायम गरिनेछ ।

यस्तै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज÷ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था बैंकले गरेको जानकारी दिएको छ । हाल ९ दशमलव ९९ प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा उपभोग गरिरहेका ग्राहकहरुको हकमा भने विद्यमान व्यवस्था अनुसार नै ब्याजदर कायम रहने बैंकले जनाएको छ । त्यसैगरी कर्जा नवीकरणको हकमा २०७७ आषाढ मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ आषाढ महिना भित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ ।

बैंकको उक्त सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ । बैंकले २०७७ आषाढ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL