Logo

इन्भेष्टमेन्ट बैंकले जित्यो मुद्दा, इटलीबाट २ अर्ब रुपैयाँ फिर्ता ल्याउँदै

इन्भेष्टमेन्ट बैंकले जित्यो मुद्दा, इटलीबाट २ अर्ब रुपैयाँ फिर्ता ल्याउँदै



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीयन कम्पनी सिएमसीसँगको पर्फमेन्ट ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेको छ । बैंकले तनहुँ जलविद्युत् आयोजनाको इटालियन निर्माण कम्पनीको अपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सिएमसी)को पर्फमेन्ट ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेको हो ।

उक्त फैसलासँगै इन्भेष्टमेन्ट बैंकले काउन्टर ग्यारेन्टीबापत तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको २ अर्ब रुपैयाँ इटलीको इन्टेसा सानपाओलो बैंकबाट फिर्ता पाउने छ । यस अघि सिएमसीले हालेको मुद्दामा इटलीको बोलोङनास्थित ट्राइब्युनल डे बोलोङ्नामा तीनजना न्यायाधीशको इजलासले बैंकको पक्षमा फैसला गरिदिएको हो ।

नेपालमा मेलम्ची खानेपानी आयोजनासमेत बनाइरहेको सिएमसीले तनहुँ हाइड्रोपावरको समेत ठेक्का पाएको थियो । तर, मेलम्चीको काम छोडेर सिएमसी भागेपछि तनहुँले समेत ठेक्का तोडेको थियो ।

ठेक्का तोडिएपछि तनहुँ हाइड्रोलाई इन्भेष्टमेन्टले पर्फमेन्स ग्यारेन्टीको रकम भुक्तानी गरेको थियो । तर सिएसीले भने तनहुँ हाइड्रोले बदमासी गरेको भन्दै पर्फमेन्स ग्यारेन्टीको रकम भुक्तानी रोकिदिन मुद्दा हालेको थियो । उक्त मुद्दा हारेसँगै इन्मेष्ट बैंकले यस अघि भुक्तानी गरिदिएको रकम पाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL