Logo

सिटिजन्स बैंकको नयाँ शाखा चावहिलमा, शाखा संख्या ५५ पुग्यो

सिटिजन्स बैंकको नयाँ शाखा चावहिलमा, शाखा संख्या ५५ पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१९ भदौ,काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको चावहिलमा शाखा स्थापना गरेको छ । यससँगै बैंकको शाखा संख्या ५५ पुगेको छ ।

शनिवार आयोजित कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो शाखाको उद्दघाटन गरे । उक्त कार्यक्रममा बैंकका प्रमुखहरु, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।

बैंकले हाल ५५ वटा शाखा, ४६ वटा एटिएम काउन्टर र ५५ वटा शाखारहित आधुनिक बैंकिङ सेवामार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको करिब ३ लाख ४५ हजार ग्राहक रहको बताइएको छ ।

सो शाखाबाट रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने(एबिबिएस) जस्ता सुबिधा उपलब्ध गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL