Logo

निक्षेपको ब्याजदरमा राष्ट्र बैंकको अंकुश, यस्तो छ बैंक तथा वित्तीय संस्थालाई निर्देशन

निक्षेपको ब्याजदरमा राष्ट्र बैंकको अंकुश, यस्तो छ बैंक तथा वित्तीय संस्थालाई निर्देशन



काठमाडौं । अब बैंक तथा वित्त कम्पनीहरुले संस्थागत मुद्धती निक्षेपको ब्याजदर बढाउन नपाउने भएका छन् । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन २०७६ मा संसोधन गर्दै गर्दै व्यक्तिगत र बचत निक्षेप बाहेक कुनै पनि निक्षेपको ब्याजदर बढाउन नपाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति तेस्रो त्रैमासिक समिक्षा गर्दै बैैंक तथा वित्तीय संस्थाले मोलबढावढमा निक्षेप संकलन गरेको भन्दै कडाई गर्ने बताएको थियो । सोही अनुरुप राष्ट्रले निर्देशन जारी गर्दै अबका दिनमा बैंक तथा वित्तीय संस्थाले कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेपमा तोकिएको न्यूनतम ब्याजदरभन्दा बढी ब्याजदर तोक्न नपाउने उल्लेख छ ।

तर व्यक्तिगत र बचत निक्षेपमा भने तोकिएको न्यूनतम ब्याजदरमा ० दशमलव ५ प्रतिशतसम्म ब्याजदर बढाउन पाउने व्यवस्था राष्ट्र बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्