Logo

डोल्पामा सिटिजन्सको शाखारहित बैंकिङ सेवा, स्थानीय बुढा व्यवसायिक प्रतिनीधि चयन

डोल्पामा सिटिजन्सको शाखारहित बैंकिङ सेवा, स्थानीय बुढा व्यवसायिक प्रतिनीधि चयन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१२ भदौ,काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पाको जुफालमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ सेवा विस्तार गरेको बैंकले जानकारी दिएको छ । यससँगै बैंकको शाखा रहित सेवाको संख्या ५६ पुगेको छ । शाखा प्रमुख जग भण्डारीले सो बैंकिङ्ग सेवाको प्रारम्भ गरे ।

साथै बैंकले जुफालमा  सेवा संचालनका लागि स्थानीय व्यवसायी हरीलाल बुढालाई बैंकले व्यवसायिक  प्रतिनीधि गरेका थियो । शाखा रहित बैंकिङ्ग सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराई राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL