Logo

ग्लोबल आईएमई बैंकको नयाँ शाखा ग्वार्कोमा, शाखा संख्या ८७ पुग्यो

ग्लोबल आईएमई बैंकको नयाँ शाखा ग्वार्कोमा, शाखा संख्या ८७ पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१० भदौ,काठमाडौं । ग्लोबल आइएमई बैंकले ललितपुरको ग्वार्कोमा शाखा स्थापना गरेको । बुधवार एक कार्यक्रमबीच शाखाको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।

यससँगै बैंकका देशभर शाखा संख्या ८७ पुगेका छन् । ग्वार्को शाखासँगै बैंकका उपत्यकामा मात्र ३० वटा शाखा छन् ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको र्पुयाउने उद्धेश्यका साथ शाखा विस्तार गरेको बताएको छ । बैंकले हालसम्म ६० अर्ब निक्षेप संकलन गरी ५० अर्ब भन्दा बढी कर्जा प्रवाह गर्न सफल भएको छ ।

त्यस्तै बैंकको ८७ वटा शाखा, १० वटा राजश्व संकलन काउण्टर, ९० वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ३५ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।

बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा अष्टे्रलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएईलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL