Logo

सिभिल र लक्ष्मी दुबै बैंकको वितरणयोग्य नाफा ऋणात्मक, यस्ता छन् दुबै बैंकका अन्य परिसुचक !

सिभिल र लक्ष्मी दुबै बैंकको वितरणयोग्य नाफा ऋणात्मक, यस्ता छन् दुबै बैंकका अन्य परिसुचक !



काठमाडौं । मंगलबार त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका सिभिल बैंक र लक्ष्मी बैंक दुबैको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । सो अबधिमा सिभिल बैंकको नाफा घट्दा वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ भने लक्ष्मी बैंकको नाफा बढ्दा पनि ऋणात्मक हुन पुगेको छ ।

सिभिल बैंक

सिभिल बैंकको नाफामा उच्च गिरावट आएको छ । बैंकको वित्तीय विवरण अनुसार गत आर्थिक बर्षको तुलनामा बैंकको नाफामा २७ प्रतिशतले गिरावट आएको छ । बैंकले गत आवको तेस्रो त्रैमाससम्मका कुल ४९ करोड ३८ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अबधिमा खुम्चिएर ३६ करोड ५ लाख रुपैयाँमा सिमित भएको छ ।

तर सो अबधिमा बैंकको मुनाफामा सुधार आएको छ । बैंकको खराब कर्जा उठौतीमा सुधार आएसँगै नाफामा वृद्धि भएको हो । सो अबधिमा बैंकको नाफा सो अबधिमा बैंकको वितरण योग्य नाफानै १९ करोड रुपैयाँले ऋणात्मक भएको छ । तर सो अबधिमा बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाह र खुद ब्याज आम्दानीमा भने केही सुधार देखिएको छ ।

सो अबधिमा बैंकको खराब कर्जामा सुधार आएको छ । हाल बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ३ दशमलव ९० प्रतिशतबाट घटेर २ दशमलव ९६ प्रतिशतमा झरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ६४ पैसा छ ।

लक्ष्मी बैंक

यसैगरी आजै मात्र वित्तीय विवरण सार्वजनिक गरेको लक्ष्मी बैंकको पनि नाफामा सामान्य सुधार आएको छ । गत आर्थिक वर्षको तुलनामा ६ करोड रुपैयाँ नाफा बढाएको बैंकको वितरणयोग्य नाफामा भने उच्च गिरावट आएको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा नै ४१ करोड रुपैयाँले ऋणात्मक छ ।

बैंकले चालू आवको तेस्रो त्रैमाससम्मका आईपुग्दा १ अर्ब ८ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । तर उसले एनएफआरएस अनुसार जगेडा कोषमा १ अर्ब २० करोड रुपैयाँ ट्रान्सफर गर्दा वितरण योग्य मुनाफा ऋणात्मक देखिएको हो । तर बैंकको खुद ब्याज आम्दानी तथा संचालन नाफामा सुधार भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी भने खुम्चिएर १४ रुपैयाँ ८१ पैसामा झरेकोे छ । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ तथा सेयरधनी कोषमा १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

यसैगरी बैंकको खराब कर्जा पनि बढेर कुल कर्जा प्रबाहको १ दशमलव ७८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL