Logo

नविल बैंकको नाफामा गिरावट, यस्ता छन् अन्य परिसुचक

नविल बैंकको नाफामा गिरावट, यस्ता छन् अन्य परिसुचक



काठमाडौं । नविल बैंकको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको नविल बैंकको नाफा गत आवको सोही अबधिको तुलनामा गिरावट आएको हो ।

बैंकले सो अबधिमा ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपैयाँमा आएको छ । जबकि गत वर्षको सोही अबधिमा अर्ब १९ करोड १० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले जारी लकडाउनका कारण ब्याज उठाउन नसकेसँगै आम्दानीमा गिरावट आएको हो । सो अबधिमा बैंकले ५ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यसैगरी बैंकको वितरण योग्य नाफा करिव १० प्रतिशतले घट्दै २ अर्ब ९ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९५ पैसाले घटेर ४५ रुपैयाँ ७४ पैसामा झरेको छ ।

यसैगरी बैंकको खराब कर्जा सामान्य घट्दै कुल कर्जा प्रबाहको ०.६३ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्