Logo

एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता, ईबीएलटच २४ मा थपिए नयाँ सुविधा

एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता, ईबीएलटच २४ मा थपिए नयाँ सुविधा



काठमाडौं । एभरेष्ट बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै बैंकको मोबाईल एप्स् ईबीएलटच २४ मा नयाँ सुविधा थपिएका छन् ।

बैंकको ‘ईबीएलटच २४’ मा नयाँ सुविधाहरु थप गरिएको छ । ग्राहकहरुले यस एपमार्फत ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइ जहाज, बस तथा सिनेमा टिकटको अन्लाईन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्युआर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगी र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले सो सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले ९५ शाखा, ३१ राज्वस्व संकलन काउन्टर र १०३ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL