Logo

सेन्चुरी बैंकको नाफा ३ गुणाले बढ्यो, पौने २६ करोड खुदनाफा आर्जन

सेन्चुरी बैंकको नाफा ३ गुणाले बढ्यो, पौने २६ करोड खुदनाफा आर्जन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ भदौं, काठमाडौं । सेन्चुरी बैंकले गत आवमा २५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा आघिल्लो वर्षको तुलनामा ३ गुणा भन्दा बढी हो । बैंकले आर्थिक वर्ष २०७०/७१ मा जम्मा ८ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको व्याज आम्दानी बढेपछि नाफामा बृद्धि भएको हो । गत आवमा बैंकले ब्याज आम्दानीमा २३ करोड रुपैयाँ बढाएको हो । यसैगरी, बैंकले राइट व्याक पनि बढाएको छ ।

बैंकले हालसम्म २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । हालस २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL