Logo

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैकिङ सेवाको सम्झौता, सेञ्चुरी पेमार्फत भुक्तानी गर्न सकिने

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैकिङ सेवाको सम्झौता, सेञ्चुरी पेमार्फत भुक्तानी गर्न सकिने



काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । बैंकका चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले सो सम्झौतामा हस्ताक्षेर गरेका छन ।

सम्झौता अनुसार बैंकले सेञ्चुरी पे मोबाईल एप्समार्फत मोवाइल बैकिंङ सेवा उपलब्ध गराउनेछ । सेञ्चुरी पेमार्फत ग्राहकले ५० भन्दा बढि बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढि मर्चेन्टमा क्युआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ ।

सेञ्चुरी पे मा आफ्नो मोबाईलमार्फत आफै मोबाईल बैंकिङ एक्टिभ गर्नुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ । एफवान सफ्टले तयार गरेको उक्त मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ । बैंकले १ सय १३ शाखा, १० एक्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ८३ एटिएममार्फत सेवा दिँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्