Logo

मेगा बैंक र केन फार्मेसीबीच सहमति, बैंकका ग्राहकलाई विशेष छुटमा घरमै औषधि

मेगा बैंक र केन फार्मेसीबीच सहमति, बैंकका ग्राहकलाई विशेष छुटमा घरमै औषधि



काठमाडौं । मेगा बैंक र केन फार्मेसीबीच सहमति भएको छ । बैंकले ग्राहकलाई घरमै बसेर विशेष छुटमा औषधिहरु खरिद गर्न सक्ने सेवा दिने उद्देश्यले उक्त सहमति गरेको हो ।

देशव्यापी लकडाउनको अवस्थामासमेत बिभिन्न सेवा–सुविधा प्रदान गर्दै आएको बैंकले ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै केन फार्मेसीसँग घरमै औषधि पुर्याउने व्यवस्था मिलाएको हो ।

औषधि खरिदमा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको छ । बैंकका ग्राहकहरुले काठमाडौंको तिनकुनेस्थित केन फार्मेसीको ०१–४१०६८६०, ९८४९०९८०० मा फोन गरी वा केनको आधिकारिक फेसबुक पेजमा सन्देश पठाएर आफूलाई आवश्यक पर्ने औषधि खरिद गर्न सक्नेछन् ।

कोरोना भाइरसका कारण जारी देशव्यापी लकडाउनका कारण औषधि खरिद गर्न अप्ठेरो भइरहेको अवस्था तथा रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै केन फार्मेसीसँग सम्झौता गरेको हो ।

बैंकले लकडाउनमा पनि देशव्यापी एटिम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिटान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्