Logo

नविलको नाफा घट्यो, १ वर्षमा २ अर्व ९ करोड नाफा

नविलको नाफा घट्यो, १ वर्षमा २ अर्व ९ करोड नाफा


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

२८ साउन, काठमाडौं । नविल बैंकले गत आर्थिक वर्षमा २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा आव २०७०÷७१ को तुलनामा २२ करोड रुपैयाँले कमी हो । बैंकले गत आवमा २ अर्व ३१ करोड नाफा आर्जन गरेको थियो ।

बैंकको ब्याज आम्दानीमा कमी आएसँगै समग्र नाफा घटेको हो । गत आवमा बैंको बैंकको ब्याज आम्दानी १७ करोड रुपैयाँले घटेको छ । यस्तै, बैंकले संभाव्य जोखिम बापतको व्यवस्थाका लागि छुट्याइएको पनि बढेको छ । सो रकम ७ करोड रुपैयाँले बढेको बैकद्वारा जारी वित्तीय विवरणमा उल्लेख छ ।

बैंकले यो अवधिमा १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६७ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL