Logo

काेराेना राेकथाममा सरकारसँग हातेमालाे गर्दै प्राईम बैंक, काेराेना काेषमा दियाे पाैने २ कराेड

काेराेना राेकथाममा सरकारसँग हातेमालाे गर्दै प्राईम बैंक, काेराेना काेषमा दियाे पाैने २ कराेड



काठमाडौं । प्राइम कमर्सियल बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग रकम जम्मा गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत उक्त कोषमा १ करोड ७५ लाख रुपैयाँ बराबरको चेक बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाई हस्तान्तरण गरेका छन ।

बैंकले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामललगायत खाद्यान्न बितरण गरी सहयोग पर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्