Logo

मेगा बैंक र मेरो किरानाबीच सहमति, बैंकका ग्राहकलाई दैनिक उपभोग्य सामाग्रीमा १० प्रतिशत छुट

मेगा बैंक र मेरो किरानाबीच सहमति, बैंकका ग्राहकलाई दैनिक उपभोग्य सामाग्रीमा १० प्रतिशत छुट



काठमाडौं । मेगा बैंक नेपाल र मेरो किराना डटकमबीच सहमति भएको छ । उक्त सहमति अनुसार बैंकका ग्राहकले खाद्यान्नलगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने छन् ।

दैनिक उपभोग्य सामाग्रीहरु घरदैलोमै पुर्याउँदै आएको मेरो किरानाले बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने भएको छ । कोरोना भाइरसले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थितिका कारण बजारहरु पहुँचमा नहुनुका साथै रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै ग्राहकहरुलाई यो सुविधाको व्यवस्था गरेको मेगा बैंकले जानकारी दिएको छ ।

बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले किरानाको अनलाइन तथा एप्स सेवामार्फत अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु अर्डर गरी आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् । यो सुविधा लकडाउनपछि पनि बैंकका ग्राहकहरुले प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

लकडाउनको अवधिमासमेत बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिटान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्