Logo

एनआईसी एशिया बैंकको छुट योजना सार्वजनिक, बैशाखसम्म सावाँ ब्याज बुझाउने ग्राहकलाई १० प्रतिशत छुट

एनआईसी एशिया बैंकको छुट योजना सार्वजनिक, बैशाखसम्म सावाँ ब्याज बुझाउने ग्राहकलाई १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंकले ऋणीहरुको लागि विशेष छुट योजना सार्वजनिक गरेको छ । उक्त छुट योजना अन्तरगत बैंकले बैशाख मसान्तसम्ममा सावाँ ब्याज बुझाउने ग्राहकलाई १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिनेछ ।

बैंकको उक्त छुट योजना अन्तरगत बैंकबाट कर्जा सुविधा उपयोग गरेका ग्राहकले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याजलगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गर्ने भएको हो ।

सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुलगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बैंकले जानकारी दिएको छ । उक्त छुट रकम २०७७ जेष्ठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिनेछ । ब्याज छुट दिँदा छुटपश्चात ग्राहकले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम नहुने बैंकले जानकारी दिएको छ ।

बैंकले ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL