Logo

कोरोना रोकथाममा एनआईसी एसिया बैंकको अग्रसरता, सातै प्रदेशका कोषलाई दियो १ करोड ५ लाख

कोरोना रोकथाममा एनआईसी एसिया बैंकको अग्रसरता, सातै प्रदेशका कोषलाई दियो १ करोड ५ लाख



काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेशलाई १५ लाख रुपैयाँका दरले १ करोड ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको हो ।

उक्त सहयोग रकममा बैंकको १० लाख र कर्मचारीको तर्फबाट ५ लाख थप गरि १५ लाख रुपैयाँका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरिएको बैंकले जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले पूर्ण रूपमा आवतजावतमा प्रतिबन्ध लगाउँदै लकडाउन घोषणा गरेको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटनलगायतका क्षेत्रहरू प्रभावित भैरहेको असहज परिस्थितिमा बैंकले उक्त रकम कोरोना विरूद्ध लड्नका लागि प्रदान गरेको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत लकडाउनका बेला विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई देशका प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा ४५ लाख ६८ हजार रुपैयाँबराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरू यसअघि नै वितरण गरिसकेको छ । यसरी वितरण गरिएको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका मजदुरी गर्नेहरूका परिवारलाई केहि भएपनि राहत मिलेको बैंकको विश्वास रहेको छ ।

बैंकले ३१९ शाखा, ४६१ एटिएम, १०८ एक्स्टेन्सन काउण्टर एवं ६१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL