बिजखबर संवाददाता
२५ साउन, काठमाडौं । लुम्बिनी बैंकले गत आर्थिक वर्षमा ३४ करोड रुपैयाँ खुदनाफा आर्जन गरेको छ । यो नाफा आव २०७०/७१ को तुलनामा १२ करोड रुपैयाँले बढी हो । बैंकले सो आवमा २४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैकले गत आवमा खराव कर्जा घटाउनुका साथै ब्याजआम्दानीमा पनि बृद्धि गरेको छ । सो आवमा बैंकले ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । हाल बैंकको कर्जा निक्षेप अनुपात बढेर ७५ दशमलव ६८ प्रतिशतमा पुगेको छ ।
हालसम्म बैंकले २० अर्व २८ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्व २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी २ अर्व ८ लाख रुपैयाँ मात्र रहेको छ ।