बिजखबर संवाददाता
२५ साउन, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७१/७२ मा १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा आव २०७१/७१ को तुलनामा सामान्यमात्र बढी नाफा हो । बैंकले सो आवमा १ अर्ब ९४ करोड रुपैयाँ नाफा गरेको थियो ।
बैंकले गत आवमा २ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ७७ करोड चुक्ता पुँजी रहेको छ । हालसम्म बैंकले ९० अर्ब ६३ करोड निक्षेप संकलन गरेको छ भने ६७ अर्ब ६९ करोड कर्जा प्रवाह गरेको छ ।