Logo

५ र १० रुपैयाँको ६४ करोड थान नोट छाप्दै राष्ट्र बैंक, छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

५ र १० रुपैयाँको ६४ करोड थान नोट छाप्दै राष्ट्र बैंक, छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट बजारमा ल्याउने भएको छ । राष्ट्र बैंकले नयाँ नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई दिएको छ । राष्ट बैंकले नोट छाप्न बोलपत्र आह्वान गरेकोमा त्यसको टेण्डर चिनियाँ कम्पनीले हात पारेको हो ।

यो जिम्मेवारी चाइना प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पाएको हो । अव सो कम्पनीले १० रुपैयाँदरको ३४ करोड थान र ५ रुपैयाँदरको ३० करोड थान नोट छाप्नेछ ।

मुद्रा व्यवस्थापन विभागले १० रुपैयाँदरको नोट ४१ लाख ४० हजार ४ सय डलरमा खरिद सम्झौता गरेको हो ।

यता ५ रुपैयाँ दरको नोट ४३ लाख ९७ हजार ५ सय डलरमा खरिद सम्झौता भएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्