Logo

एनआईसी एशिया बैंक र अनलाईनहरुबीच समझदारी, सामान खरिदमा गर्दा १० प्रतिशत छुट

एनआईसी एशिया बैंक र अनलाईनहरुबीच समझदारी, सामान खरिदमा गर्दा १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंकले बिभिन्न अनलाईनहरुसँग समझदारी गरेको छ । समझदारी अनुसार बैंकका ग्राहकले अनलाईनमार्फत सामन खरिद गर्दा १० प्रतिशत छुट पाउने भएको छ ।

नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउने भएको बैंकले जानकारी दिएको छ ।

दराज, बिगमार्ट, सेल्सबेरी, मेरोकिराना तथा सेन्ट्रल बजारमार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट पाउने गरि बैंकले उक्त ४ वटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी गरेको हो ।

बैंकको मोबाइल बैंकिङ तथा डेबिट-क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकले उक्त छुट पाउन सकिनेछ । लकडाउनको अवधिमा ग्राहकलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस भनि बैंकले उक्त समझदारी गरेको हो । साथै मोबाइल बैंकिङ तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी सामग्री खरिद गर्दा सेवा शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।

साथै बैैकका ग्राहकले मोबाइल बैंकिङ तथा डेबिट-क्रेडिट कार्ड प्रयोग गरि नेपालभरका २५ सय भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन ।

बैंकले ३१९ शाखा, ४६१ एटिएम, १०८ एक्स्टेन्सन काउण्टर एवं ६१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL