Logo

ग्राहक र कर्मचारीको स्वास्थ्यमा एनआईसी एशिया बैंकको विशेष सतर्कता, ल्यायो ८ बुँदे सुरक्षा कबच

ग्राहक र कर्मचारीको स्वास्थ्यमा एनआईसी एशिया बैंकको विशेष सतर्कता, ल्यायो ८ बुँदे सुरक्षा कबच



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना विभिन्न शाखाहरुमा सुरक्षा नीति अपनाएर संचालनमा ल्याईरहेको जानकारी दिएको छ । बैंकले आईतबार एक विज्ञप्ती जारी गर्दै लकडाउनको बेला पनि सर्वसाधारणलाई सेवा दिनका लागि विभिन्न ५० ओटा शाखा कार्यालय, ४ सय ६१ ओटा एटीएम काउन्टर संचालनमा ल्याइरहको जानकारी दिएको हो ।

बैंकले आफ्ना कर्मचारी, ग्राहक तथा एटीएम काउन्टरहरुमा विभिन्न सुरक्षाका उपायहरु अपनाएको छ जसमा ग्राहकका लागि विभिन्न ८ ओटा बुँदामा सुरक्षाका काम गरिहेको छ भने एटीएममा ४ ओटा सुरक्षा नीति अपनाएको छ ।

साथै बैंकले आफ्ना कर्मचारीहरुलाई पनि लकडाउन र महामारीको बेलामा पनि ग्राहकहरुको सेवा दिईरहेको भन्दै धन्यवाद दिएको छ । बैंकका अनुसार कर्मचारीहरुलाई पनि विभिन्न ८ किसिमका सुरक्षा नीतिहरु अवलम्बन गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नको लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिए अनुसार बैंकले सुरक्ष अपनाएर सेवा संचालनमा ल्याएको जानकारी दिएको छ ।

बैंकले आंशिक रुपमा शाखा कार्यालयहरू सुचारु गरिरहेको अवस्था भएपनि नेपाल सरकारले जारी गरेको बन्दाबन्दीलाई कार्यान्वयका लागि सघाउ पुर्याउनका लागि बैंकले ‘कोरोनासँगको लडाई, बैंकिङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ ग्राहकहरुलाई घरबाट बाहिर निस्कन नपर्ने गरि कार्ड, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ लगायतका विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । जसका लागि विद्युतीय बैंकिङबाट गरिने अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था बैंकले गरिसकेको छ ।

ग्राहकहरुले घरमै बसी अनलाईन खाता खोल्ने सुविधाका साथै कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्युआर कोडको सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न पनि सकिने गरी सहजीकरण गरिदिएको छ ।

यस्तै बैंकले ग्राहकलाई आवश्यक परेको खण्डमा विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।

बैंकले हाल नेपालभर ३ सय १९ शाखा कार्यालयहरू, ४ सय ६१ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL