Logo

आज बैंक तथा वित्तिय संस्थाका देशभरका शाखा खुल्ला, यस्तो छ कारण

आज बैंक तथा वित्तिय संस्थाका देशभरका शाखा खुल्ला, यस्तो छ कारण



काठमाडौं । वैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सबै शाखा कार्यालयहरु खुला गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्तिम दिन भएकाले आईतबार सबै बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना शाखाहरु खोलेका हुन ।

कर्जाको किस्ता र सरकारको राजस्व लिन र आन्तरिक खर्चको हिसाव गर्न बैंक तथा वित्तीय संस्थाहरुले सबै शाखा कार्यालय खोलेका छन् । नेपाल राष्ट्र बैंकले चैत मसान्त भएकाले सबै शाखा खोल्न निर्देशन दिएपछि बैंक वित्तीय संस्थाहरुले आफ्ना शाखा खोलेका हुन । देशभर बैंक तथा वित्तीय संस्थाका ५ हजार ६२१ वटा शाखा कार्यालय छन ।

विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण अत्यावश्यक बाहेकका सबै सेवाहर हाल बन्द छन् । यस्तो बेला बैंकका शाखाहरु पनि बन्द छन् बैकिंग कारोबार पनि ईन्टरनेटमा केन्द्रित भएको छ । तर नेपाल राष्ट्र बैंकले यो बर्षको अन्तिम दिन भएकाले हिसाव मिलान गर्न सबै शाखा खोल्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्