Logo

बङ्गलादेश बैंंकको नाफा ५ करोडले बढ्यो, कर्जा प्रवाह ६ अर्वले बृद्धि

बङ्गलादेश बैंंकको नाफा ५ करोडले बढ्यो, कर्जा प्रवाह ६ अर्वले बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२१ साउन, काठमाडौं । नेपाल बैंगलादेश बैंकले गत आवमा ५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आव २०७०/७१ मा ७४ करोड २३ लाख मुनाफा आर्जन गरेकोमा गत आवमा आइपुग्दा ७९ करोड २७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

बैंकले व्याज आम्दानीमा बृद्धि गरेसँगै समग्र नाफामा सुधार आएको हो । गत आवमा बैंकको व्याज आम्दानी १५ करोड रुपैयाँले बढेर १ अर्व रुपैयाँ पुगेको बैंकद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

यसैगरी बैंकले सो अवधिमा कर्जा निक्षेप अनुपातमा पनि सामान्य बृद्धि गरेको छ । आव २०७०/७१ मा बैंको सीडी रेसियो ६६ दशमलव ५९ प्रतिशत रहेकोमा गत आवमा आइपुग्दा बढेर ६९ दशमलव १४ प्रतिशतमा पुगेको छ ।
सो अवधिमा बैंकले ४१ अर्व ३८ करोड निक्षेप संकलन गरी २५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्