काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरणकुमार श्रेष्ठलाई नै निरन्तरता दिइएको छ ।
बैंक संचालक समितिको आज बसेको बैंठकले श्रेष्ठलाई पुनः सीईओमा निरन्तरता दिएको हो ।

बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्दै आएको सरकारी लगानीको सो बैंकको सीईओमा आगामी ४ बर्षका लागि पुनः सीईओमा निरन्तरता दिइएको संचालक समितिले जानकारी दिएको छ ।
कुनै समय समस्या ग्रस्त अवस्थामा पुग्न लागेको सो बैंकलाई श्रेष्ठले कमाण्ड सम्हालेसँगै देशकै सबैभन्दा उत्कृष्ठ वाणिज्य बैंकको रुपमा दर्ज गरेका थिए ।