Logo

एनएमबीको नाफा १३ करोडले बढ्यो, व्याज आम्दानीमा बृद्धि

एनएमबीको नाफा १३ करोडले बढ्यो, व्याज आम्दानीमा बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ साउन, काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्षमा ५३ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा आव २०७०/७१ को तुलनामा १३ करोड रुपैयाँले बढी हो । बैंकले सो आवमा ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकले गत आवमा व्याज आम्दानीमा बृद्धि गरेसँगै नाफामा पनि बृद्धि भएको हो । आव २०७०/७१ को तुलनामा बैंकले २० करोड रुपैयाँ बढी व्याज आम्दानी गरेको छ ।

अघिल्लो आवको तुलनामा बैंकको कर्जा निक्षेप अनुपात भने घटेको छ । आव २०७०÷७१ मा बैंकले सीडी रेसियो ७५ प्रतिशत रहेकोमा गत आवमा आइपुग्दा ७२ प्रतिशतमा झरेको बैंकको वित्तीय विवरणले देखाउँछ ।
सो अवधिमा बैंकले ३५ अर्व ३६ करोड निक्षेप संकलन गरी २७ अर्व २८ करोड कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्