काठमाडौं । मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि ७ वटै प्रदेशलाई ५–५ लाख रुपैंयाँ हस्तान्तरण गरेको छ ।
६ वटै प्रदेशमा रकम हस्तान्तरण गरिसकेको बैंकले पछिल्लोपटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ । बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन ।
बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५–५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो ।