Logo

एसबिआईद्धारा दैवी प्रकोप उद्दार कोषमा ७ करोड सहयोग, प्रम भन्छन् ‘रकम सदुपयोग हुन्छ’

एसबिआईद्धारा दैवी प्रकोप उद्दार कोषमा ७ करोड सहयोग, प्रम भन्छन् ‘रकम सदुपयोग हुन्छ’


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
१७ साउन,काठमाडौं । नेपाल एसबिआई बैंकले  भूकम्प पीडितको सहयोका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ७ करोड ९ लाख रुपैयाँ जम्मा गरेको छ । बैंकका प्रबन्ध संचालक आलोककुमार शर्मा तथा डेपुटी सिइओ बिजयकुमार त्यागीले  रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले भूकम्प पीडितको सहयोगका लागि बैंकले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए । साथै  बैंकको योगदानको  सदुपयोग हुने कुरामा विश्वस्त रहन  आग्रह गरे ।

कार्यक्रममा प्रबन्ध संचालक शर्माले बैंकको संस्थागत चिनारीबारे समेत प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । हाल बैंकका तीन क्षेत्रीय कार्यालयका अतिरिक्त ६२ व्यवशायिक इकाई र ७८ एटिएम छन् ।

प्रतिक्रिया दिनुहोस्