Logo

एनआईसी एशिया बैंक र फुडमाण्डुबीच सहकार्य, बैंकका ग्राहकलाई १० प्रतिशत छुट

एनआईसी एशिया बैंक र फुडमाण्डुबीच सहकार्य, बैंकका ग्राहकलाई १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र फुडमाण्डुबीच समझदारी भएको छ । समझदारी अनुसार बैंकका ग्राहकलाई फुडमाण्डुको सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन ।

योजनामा सहभागी हुने बैंकका ग्राहकले यही चैत १८ देखि २६ गतेसम्म फुडमाण्डुमार्फत सामानहरू अनलाइन खरिद गर्नुपर्नेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ प्रयोग गरी ग्राहकलाई घरबाटै खाद्यानलगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले उक्त योजना ल्याएको हो ।

बैंकले सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ । साथै बैंकले २५ भन्दा बढी शाखाहरुमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ । ‘कोरोनासँगको लडाई, बैंकिङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरू निःशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ ।

बैंकले ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL