Logo

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, गरिब तथा असहाय परिवारलाई राहत सामग्री वितरण

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, गरिब तथा असहाय परिवारलाई राहत सामग्री वितरण



काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा गरिब तथा असहाय परिवारलाई राहत सामग्री वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत ५ लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्री बितरण गरेको हो ।

आइतबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन । बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई केहि राहत मिल्ने बैंकले जानकारी दिएको छ ।

विपतको घडिमा बैंकले आफ्ना ग्राहकलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ । बैंकले ‘कोरोनासँगको लडाई, बैंकिङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्कलगायतका सेवासमेत प्रदान गर्दै आईरहेको छ ।

बैंकका ग्राहकलाई कुनै सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै जानकारी चाहिएमा बैंकको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ । बैंकले ३१९ शाखा, ४६१ एटिएम, १०८ एक्स्टेन्सन काउण्टर एवं ६१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL